पूर्वसभामुख महराकी पत्नी सिता महराको कोरोना संक्रमणका कारण निधन

१९ कार्तिक २०७७, बुधबार ०८:०० प्रकाशित

पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको असामयिक निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ः२५ बजे सिता महराको निधन भएको अस्पतालले पुष्टि गरेको छ।

उहाँ माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो

१९ कार्तिक २०७७, बुधबार ०८:००  मा प्रकाशित

Write your Comment