सरकारले स्वास्थ्य,शिक्षा र सुरक्षाको ग्यारेन्टी गर्नु पर्छ-पुर्व मन्त्री पौडेल

१९ कार्तिक २०७७, बुधबार २०:२७ प्रकाशित

बारा १९ कार्तिक :
महागढिमाई नगरपालीकाको गंजभवानीपुरमा रहेको जागरण युवा क्लबले निशुल्क ऑखा उपचार शिविरको आयोजना गरेकोछ । शिविरको नेकपाका नेता तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले सरकारले नागरीकको स्वास्थ्य,शिक्षा र सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने कुरामा जोड दिदै कोरोनाको परीक्षण र उपचार सरकारले गर्नु स्पष्ट पार्नुभयो । उहाले कल्वले आंखा शिविरको आयोजना गरेको प्रती धन्यवाद समेत दिनुभयो । युवा क्लबका अध्यक्ष जयकिसुन यादवको सभापतित्वमामा सम्पन्न शिविरमा नेकपाका नेताहरु राजेन्द्र कलवार,रामबाबु यादव,इश्वर ढकाल,बिक्रम ठाकुर, बिजेन्द्र चौधरी,दशरथ राम,ध्रुव साह, सुरेश यादव,युवा नेता राम यादवलगायत को सहभागीता रहेको थियो । सो अवसरमा ३०० स्थानीयको ऑखा परीक्षण गरीएको थियो ।

१९ कार्तिक २०७७, बुधबार २०:२७  मा प्रकाशित

Write your Comment