बितेको २४ घण्टामा ३०५१ जनामा कोरोना संक्रमण पुष्टि,१८ जनाको मृत्यु,३४३० जना संक्रमण मुक्त

२० कार्तिक २०७७, बिहीबार १७:०९ प्रकाशित

काठमाडौं २० कार्तिक :

बितेको२४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  देशभरका प्रयोगशालामा १३०६८ जनाको नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

त्यसैगरी बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट१८जनाको मृत्यु भएको छ भने ३४३० जना संक्रमण मुक्त भएका छन् ।

२० कार्तिक २०७७, बिहीबार १७:०९  मा प्रकाशित

Write your Comment