परसौनीको बेलैहियामा गरिव असाहायहरुलाइ कम्बल वितरण

२२ कार्तिक २०७७, शनिबार १६:४९ प्रकाशित

बाराको परसौनी गाउँपालिका वडा नम्बर ६ को कार्यालयले बेलहियामा आज बिजया दशमी शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा गरिव असाहायहरुका लागि विभिन्न सामग्री वितरण गरेको छ । सो कार्यक्रममा बोल्दै नेकपाकी नेत्र नेकपाकी नेतृ तथा पुर्व स्थानीय विकास मन्त्री उर्मिला अर्यालले स्थानीय सरकारले जनताको सेवा गर्नु पर्ने कुरामा जोड दिंदै गास,बास,कपाल, स्वास्थ्य, शिक्षा र सुरक्षाको ग्यारेन्टी सरकारले लिनु पर्ने स्पष्ट पार्नुभयो । वडाध्यक्षको बृज किशोर कुशवाहा सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभाका सदस्य जयराम दाहाल,नेकपाका नेता हरु देवनारायण चौधरी, मनोज पौडेल,नेकपा परवानीपुर गाउँ पालिका कमिटीका सचिब लालबहादुर पटेल, नेकपाका नेता रामक्षेत्री पटेल,अजय पटेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पाँच सय परिवारलाई कम्बल र किसानहरुका लागि स्प्रे ट्याङ्की लगायतका सामग्री वितरण गरिएको थियो ।

२२ कार्तिक २०७७, शनिबार १६:४९  मा प्रकाशित

Write your Comment