बितेको २४ घण्टामा २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,१८ जनाको मृत्यु

२४ कार्तिक २०७७, सोमबार १६:३८ प्रकाशित

काठमाडौं २४ कार्तिक :
बितेको २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । यो संगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११२६ जन पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार १७४ संक्रिय संक्रमित छन् ।

२४ कार्तिक २०७७, सोमबार १६:३८  मा प्रकाशित

Write your Comment