बारा २६कार्तिक :
नेकपा बिश्रामपुर गाउँपालिका कमिटीको आयोजनामा बाराको बरैनिया बजारमा शुभकामना आदानप्रदान तथा पार्टी प्रबेश कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा बरैनिया गाविसका पूर्वअध्यक्ष सागिर अन्सारी लगायत २०० जना विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशी हरुलाई कार्यक्रमका प्रमुख अतिथि अतिथि लगायतले स्वागत गर्नुभएको थियो । नेकपामा प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टीका सागिर अन्सारी, पूर्व गाविस सचिव ललन राम नेपाली लगायत रहेका छन् । सो कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु गोपाल ठाकुर, दिनेश राई, ज्वाला साह,नेकपाका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल,नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,सचिव तथा प्रदेश सभा सदस्य सुन्दर बहादुर विश्वकर्मा नेकपाका बाराका नेताहरु देवनारायण चौधरी, मनोज पौडेल,उमेस कुशवाहा,अमर यादव,मालती कुशवाहा,लाल बहादुर पटेल,मुकेस साह,युवा संघका केन्द्रीय सदस्य मोविन आलम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेकपा विश्रामपुर गाउँपालिका कमिटीका अध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा लवकुश बैठाले सञ्चालन र मनिर देवानले स्वागत गर्नुभएको थियो ।