बितेको २४ घण्टामा १९४६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ,१३जनाको मृत्यु

२९ कार्तिक २०७७, शनिबार १६:५३ प्रकाशित

काठमाडौं २९ कार्तिक :

बितेको २४ घण्टामा १९४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या २लाख ८ हजार २९९ पुगेको छ । बितेको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यो संगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२१५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ७०हजार ६२२ जना संक्रमणमुक्त भएका छन् ।

 

२९ कार्तिक २०७७, शनिबार १६:५३  मा प्रकाशित

Write your Comment