बितेको २४ घण्टामा ६४७६ जनामा परीक्षण गर्दा १४७७ जनामा कोरोना संक्रमण पुष्टि

३० कार्तिक २०७७, आईतवार १७:१५ प्रकाशित

काठमाडौं ३० कार्तिक :

बितेको २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनामा परीक्षण गर्दा १४७७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।

३० कार्तिक २०७७, आईतवार १७:१५  मा प्रकाशित

Write your Comment