नेकपा बाराको करैयामाई कमिटीको आयोजनामा चियापान कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ३०, आईतबार प्रकाशित

बारा ३० कार्तिक :
नेकपा करैयामाई गाउँ पालिका कमिटी द्वारा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज बाराको सहजौली बिध्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । करैयामाई गाउँपालिका कमिटीका अध्यक्ष धनिराम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु बलवीर चौधरी,डा.गोपाल ठाकुर,अच्युत मैनाली, दिनेश कुमार राई, नेपाल खेलकुद महासङ्घका अध्यक्ष तथा पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,प्रदेशसभा सदस्य तथा जिल्ला सचिव सुन्दर बहादुर बिश्वकर्मा, प्रदेश कमिटी सदस्यहरु त्रिलोकी चौधरी,शिवचन्द्र कुशवाह,तपेश्वर चौधरी, नेकपा बाराका नेता मनोज पौडेल ,नेकपा जिल्ला कमिटी सदस्यहरु बिजेन्द्र चौधरी, दशरथ राम,रामबाबु यादव राकेश यादवलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सुरेश यादवले गर्नु भएको थियो भने स्वागत मिश्रीलाल सहनीको रहेको थियो ।

Write your Comment