नेकपा सचिवालय बैठक सुरु,दुवै अध्यक्ष सहभागी

३ मंसिर २०७७, बुधबार १३:३२ प्रकाशित

काठमाडौँ ३ मंसिर :

सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेदेखि सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहालसहित सचिवालयका नौ जनै सदस्य सहभागी भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारेका थिए । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक डाकेका थिए । सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक बस्दा बाहिर गलत सन्देश जाने आफूनिकट नेताहरुको सुझावपछि प्रधानमन्त्री ओलीले बैठक सारेको बताइएको छ ।

३ मंसिर २०७७, बुधबार १३:३२  मा प्रकाशित

Write your Comment