नेकपा सचिवालय बैठक सकियो,अर्को बैठक १० दिनपछि

३ मंसिर २०७७, बुधबार १५:१६ प्रकाशित

काठमाडौं ३ मंसिर :
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनलाई स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो । सचिवालय बैठकम मंसिर १३ गते,स्थायी समितिको बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ गते बस्ने निर्णय गरेको छ । बैठकमा  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट प्रस्ताव बैठकमा पेश गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

३ मंसिर २०७७, बुधबार १५:१६  मा प्रकाशित

Write your Comment