बितेको २४ घण्टामा १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना संक्रमणमुक्त

७ मंसिर २०७७, आईतवार १६:३३ प्रकाशित

काठमाडौं ७ मंसिर :
बितेको २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

७ मंसिर २०७७, आईतवार १६:३३  मा प्रकाशित

Write your Comment