बितेको २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु,३०४३ जना संक्रमण मुक्त

८ मंसिर २०७७, सोमबार १६:५७ प्रकाशित

काठमाडौं ८ मंसिर :

बितेको२४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् ।

योसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।

त्यसैगरी बितेको २४ घण्टामा कोरोना भाइरस का कारण १६ जनाको मृत्यु भएको छ । भने ३०४३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

 

 

८ मंसिर २०७७, सोमबार १६:५७  मा प्रकाशित

Write your Comment