कुनैपनि हालतमा म पार्टी फुट्न दिन्न- वरिष्ठ नेता नेपाल

११ मंसिर २०७७, बिहीबार १५:३६ प्रकाशित

बारा ११ मंसिर :
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपालाई फुट्न आफूले नदिने बताउनु भएको छ । उहाँले भन्नुभयो नेकपा फुट्दैन,कसैले फुटाउन सक्दैन र म कुनै पनी हालतमा पार्टी फुट्न दिन्न । पुष्पलाल स्मृति प्रतिष्ठान बारा शाखाको सिमरामा आयोजित घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो नेकपालाई कसैले पनि फुटाउन सक्दैन र म फुटाउन पनि दिन्न तर कसैले दम्भ गर्छ भने त्यो स्वीकार्य पनि छैन । उहाँले पार्टीभित्र विधि र पद्धतिको संस्कार स्थापित गर्न आफू लागिपरेको उल्लेख गर्दै कसैले दिएको धम्कीले नडराउने बताउनुभयो । पार्टी विधि र पद्धतिमा चल्नुपर्छ भन्ने मेरो मान्यता हो त्यसै अनुरुप सबै अगाडि बडनुपर्छ उहाँको भनाइ थियो । पार्टी भित्र देखिएका समस्याहरु बिधिबत रुपमा छलफलको माध्यमबाट समाधान गरिनुपर्ने उहाँको भनाइ छ । तर कसैले पार्टी फुटाउने धम्की दिन्छ भने त्यो स्वीकार्य छैन पार्टीमा सबै नेताको समान अधिकार र योगदान छ । सबैले एकअर्काको योगदानको कदर गर्नुपर्छ वरिष्ठ नेता नेपालको कथन थियो । वरिष्ठ नेता नेपालले बारा,पर्सा र रौतहटमा पार्टी निर्माणमा स्वर्गीय पुष्पलालको ठूलो योगदान रहेको चर्चा गर्नु भएको थियो । बारा शाखाका संयोजक पलट चौधरीको अध्यक्षतामा र मनोज पौडेलको सहजीकरणमा सम्पन्न बैठकमा नेकपा प्रदेश नम्बर २का सह इन्चार्ज नागेन्द्र चौधरी, पूर्व मन्त्री पुरुषोत्तम पौडेल, नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपा बाराका सचिव सुन्दर बहादुर विश्वकर्मा, पुष्पलाल स्मृति प्रतिष्ठान प्रदेश नम्बर २ का सचिव कमलेश झा लगायतको उपस्थिति रहेको थियो । पलट चौधरीको संयोजकत्वमा गठन गरिएको ४१ सदस्यीय जिल्ला शाखाको घोषणा गरिएको थियो ।

११ मंसिर २०७७, बिहीबार १५:३६  मा प्रकाशित

Write your Comment