बितेको२४ घण्टामा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२३ जनाको मृत्यु

१२ मंसिर २०७७, शुक्रबार १९:४६ प्रकाशित

काठमाडौं २२ मंसिर :
बितेको२४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२३६ रहेको छ । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण २३जनाको मृत्यु भएको छ ।

१२ मंसिर २०७७, शुक्रबार १९:४६  मा प्रकाशित

Write your Comment