सिमरामारहेको जगदम्बाको भट्टी बिस्फोटन केहि घाइते,केहिको मृत्युको आसंका

१३ मंसिर २०७७, शनिबार ०२:२२ प्रकाशित

बाराको सिमरामा रहेको जगदम्बा स्टिलमा रहेको फलाम गलाउने भट्टी बिष्फोटन भएको छ । बमको जस्तै घरहरु समेत हल्लीने गरी भएको सो बिष्फोटनमा धेरै ठुलो आवाज सहित भएको सो बिष्फोटनबाट ४ जना घाइते भएको र केहीको मृत्यु समेत भएको हुनसक्ने स्थानीयले बताएका छन् । घाइतेहरुको सिमरा र बिरगंजको अस्पतालमा उपचार भइरहेको छ । बिष्फोटनको आवाज पछि घटना प्रहरी पुगेको छ । पड्किएको सानो भट्टी भएकोले कम मानविय क्षेति भएको र ठुलो भट्टी पडकदा सिमरामा ठुलै क्षेति हुने प्रबिधिकहरुले बताएकाछन् ।
यसैबिच ठुलोआवाज आए लगतै घटनास्थलमा पुग्नु भएका सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले सिमरामा कवाड गलाउने भट्टी राख्न नहुने भनेर आफूहरुले उठाएको आवाज आज आएर जायज पुष्टि भएको बताउनुभयो । उहाँले भन्नुभयो यहाँ भट्टी पड्क्यो भने सिमरा नै सखाप हुन्छ त्यसैले कवाड गलाउने भट्टी हटाउनुपर्यो भनेर आवाज उठाएका थियौ,अहिलेसम्म पूरा भएको छैन ।
घाइतेको तस्बिर

१३ मंसिर २०७७, शनिबार ०२:२२  मा प्रकाशित

Write your Comment