बाराको सिमरामा दोस्रो भेट्रान फुटबल प्रतियोगिता सुरु

१३ मंसिर २०७७, शनिबार २१:१८ प्रकाशित

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा आजदेखि दोस्रो भेट्रान कप २०७७ शुरु भएको छ । वडा नम्बर २ को गैरी टोल खेल मैदानमा आजदेखि शुरु भएको प्रतियोगिता मंसिर २० गतेसम्म चल्नेछ ।
प्रतियोगिताको आज एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिश्वकर्माले खेल क्षेत्रको विकास गर्न सम्बद्ध सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
खेल क्षेत्रमार्फत सामाजिक विकास गर्न सकिने भन्दै उहाले प्रतियोगिता सफल्ताको कामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शोभा लामाले कोरोनाको माहामाहारीमा सार्वधानी अपनाएर खेल सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गएको गैरी टोल खेल सञ्चालन गर्नु सकरात्मक पाटो रहेकोभन्दै यसको पर्वद्धन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य दिनेश राईले सबैको सहयोगको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । त्यसैगरी नेकपा बाराका अध्यक्ष अनिल श्रेष्ठले आफ्नो तर्फबाट पुर्ण सहयोग रहने जानकारी गराउनुभयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दे नेकपाका नेता तथा जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले खेल र खेलाडीको बिकास र स्तरबृद्धिका लागि स्थानीय सरकाले आवश्यक बजेट विनियोजन गर्नू पर्ने कुरामा जोड दिनुभयो ।वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले खेल क्षेत्रको विकास गर्न वडा प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै आयोजक मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनले सबैको साथ र सहयोगले प्रतियोगिता सञ्चालन भईरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य सिता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाकी उप प्रमुख सरस्वती चौधरी,  नेकपाका नेता तथा क्षेत्र नम्बर ४ का प्रत्यार्शी देव नारायण चौधरी, नेकपाकी महिला नेतृ गिता कडेल, वडा नम्बर २ की वडा सदस्य शोभा कार्की, धन बहादुर श्रेष्ठ डिबि, रामचन्द्र अधिकारी, चिनिमाया परियार, शिला खनाल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका पार्टी प्रतिनिधि रविन्द्र खकुरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोजक मुल समारोह समितिका बिशाल घिमिरेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अनिस अधिकारीले गर्नुभएको थियो ।
हेटौडाको विजयी शुरुवात
प्रतियोगिता अन्र्तगत आज भएको खेलमा मकवानपुर भेट्रान मकवानपुर विजयी भएको छ । गैरी टोल खेल मैदानमा भएको उद्घाटन खेलमा हाम्रो फुटबल क्लब विरगञ्जलाई ४–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर विजयी भएको हो । प्रतियोगिताको १७, २७ र ३५ मिनेटमा मकवानपुरका लागी जर्सि नम्बर ४ का बिरेन्द्र खत्रीले ३ गोल गरेका थिए ।
यस्तै मकवानपुरका लागी जर्सि नम्बर ८ का अमित सिंहले १ गोल गरेका थिए । उता, विरगञ्जका लागी जर्सि नम्बर ८ का राजकुमार गुरुङले ३९ मिनेटमा १ गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत मकवानपुर बिरेन्द्र खत्री म्यान अफ द म्याच घोषित भए ।
आयोजक समितिका अनुसार भोलि दुई खेल हुनेछ । पहिलो खेल दिउसो २ बजे विरगञ्ज युथ एकेडेमी विरगञ्ज र बकुलिया भेट्रानबिच खेल हुनेछ भने दोस्रो खेल दिउसो ३ बजे हेटौडा फुटसल भेट्रान र भेट्रानसिटि भेट्रान विरगञ्जबिच खेल हुनेछ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबले सहभागिता जनाउने प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछ । प्रतियोगितामा प्र्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो ।

१३ मंसिर २०७७, शनिबार २१:१८  मा प्रकाशित

Write your Comment