सिमरा भेट्रानको उपाधिका लागि वीरगञ्ज र हेटौंडाका बिच शनिबार प्रतिस्पर्धा हुने

१८ मंसिर २०७७, बिहीबार १९:५४ प्रकाशित

बारा १८ मंसिर :
हेटौडा फुटबल भेट्रान दोस्रो सिमरा भेट्रान कप २०७७ को फाईनलमा प्रवेश गरेको छ । गैरी टोल खेल मैदानमा आज भएको अन्तिम सेमिफाईनल खेलमा डुमरवाना भेट्रानलाई पराजित गर्दै हेटौडा भेट्रान फाईनलमा प्रवेश गरेको हो । फाइनल खेल मङ्सिर २०गते शनिवार मध्यान्ह १२ बजेदेखि हुनेछ । उपाधिका लागि हेटौडा भेट्रान र बिरगंज युथ एकेडेमीका बिचमा प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो ।

१८ मंसिर २०७७, बिहीबार १९:५४  मा प्रकाशित

Write your Comment