बितेको २४ घण्टामा १२७२ जनामा संक्रमण पुष्टि ।

१९ मंसिर २०७७, शुक्रबार १६:४८ प्रकाशित

काठमाडौं १९ मंसिर :
बितेको २४ घण्टामा थप १२७२ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०४१ वटा पीसीआर परीक्षणमा १२७२ संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५७५ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

१९ मंसिर २०७७, शुक्रबार १६:४८  मा प्रकाशित

Write your Comment