सिमरा भेट्रानको उपाधि हेटौंडालाइ,खेल क्षेत्रको बिकासको लागि स्थानीय सरकारको भुमिका महत्वपूर्ण-पूर्व मन्त्री पौडेल

२० मंसिर २०७७, शनिबार १८:१२ प्रकाशित

बारा २० मंसिर :
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरामा कोसेली तथा हुलास युवा क्लबको संयुक्त आयोजना सम्पन्न सिमरा दोस्रो भेट्रान फुटबल प्रतियोगिता-२०७७ को उपाधि हेटौंडा भेट्रानले हात पारेको छ । हेटौडा भेट्रान र बिरगंज युथ एकेडेमीको बिचमा सम्पन्न खेलमा हेटौंडाले १ का बिरुद्ध ३ गोल गरी जित हासिल गरेको हो । कार्यक्रममा प्रथम हुने समूहलाई ३० हजार र दोश्रोलाई २० हजार सहित सिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकारले खेल क्षेत्रमा ध्यान पूराउनुपर्ने कुरामा जोड दिनुभयो । उहांले सरकारले स्थानीय तहका लागि १ अरव ५० करोड बजेट छुट्याइएको उल्लेख गर्दै सरकारले छुट्याएको बजेटलाई खेलक्षेत्रमा लगाउनु पर्ने कुरामा जोड दिनुभयो उहाँले स्थानीय तहले खेल क्षेत्रको विकासको लागि छुट्टाइएको बजेटलाई विकास निर्माणमा खर्च गर्न नहुने कुरा उल्लेख गर्दै त्यस्तो गरिएको भए युवा तथा खेलाडीहरुले खबरदारी गर्नुपर्ने कुरा दिनुभयो । पूर्वमन्त्री पौडेलले एउटा भेट्रानखेल सञ्चालन गर्न २ लाख लागेको आफूले जानकारी पाएको उल्लेख गर्दै इच्छाशक्ति भए प्रतियोगिता संचालन गर्न र खेलाडीहरूको प्रबर्द्धनकालागि कुनै समस्या नहुने कुरामा जिकिर गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शोभा लामाले प्रदेश सरकाले खेल क्षेत्रमा ध्यान नदिएको उल्लेख गर्दै आफुले सधै खबरदारी गरिरहेको र आफ्नो तर्फबाट पूर्ण सहयोग हुने जानकारी दिनुभयो ।कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,नेकपा बाराका नेता तथा जितपुरसिमरा सार्वजनिक सरोकाकार समितिका संयोजक मनोज पौडेल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, तराई यातायात व्यवसायी सङ्घका अध्यक्ष शंकर कुमार विष्ट, कोषाध्यक्ष नारायणप्रसाद घिमिरे नेकपाका प्रतिनिधि रबिन्द्र खकुरेल लगायतले विजय हासिल गर्ने प्रतियोगीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । मूल आयोजक समितिका संयोजक सोमलाल बोम्जनको सभापतित्वमा र अनिस अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रमको स्वागत बिशाल घिमिरेले गर्नुभएको थियो ।

२० मंसिर २०७७, शनिबार १८:१२  मा प्रकाशित

Write your Comment