बितेको २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२१ मंसिर २०७७, आईतवार १८:२२ प्रकाशित

काठमाडौं २१ मंसिर :

बितेको २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९५ परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७५२ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ

२१ मंसिर २०७७, आईतवार १८:२२  मा प्रकाशित

Write your Comment