बितेको २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि

२५ मंसिर २०७७, बिहीबार २०:२९ प्रकाशित

काठमाडौं २५ मंसिर :

बितेको २४ घण्टामा नेपालमा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

२५ मंसिर २०७७, बिहीबार २०:२९  मा प्रकाशित

Write your Comment