जितपुरसिमरा सार्वजनिक सरोकार समितिद्वारा २५ शैयाको अस्पताल बनाउन माग

२६ मंसिर २०७७, शुक्रबार १६:५८ प्रकाशित

बारा २६ मंसिर :
जितपुरसिमरा सार्वजनिक सरोकार समितिले सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैय्याको अस्पताल बनाउन माग गर्दै जितपुर सिमरा उपमहानगरपालिका मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री लाई आज माग पत्र बुझाएको छ । सरोकार समितिका संयोजक मनोज पौडेलको नेतृत्वमा गएको समितिको प्रतिनिधि मण्डलले उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेल संग भेट गरी २५शैय्याको अस्पताल वनाउनका लागि माग गरेको हो । मागपत्रमा एक लाख भन्दा वढि जनसंख्या सहित आर्थिक नगरीको रूपमा विकाश भैरहेको जितपुर सिमरा उपमहानगरपालिकामा अहिले प्राथमिक स्वास्थ्य केन्द्र समेत सञ्चालन हुन सकिरहेको अवस्था छैन । औद्योगीक क्षेत्रमा हुने घटनाहरू र अन्तराष्ट्रिय राजमार्गमा हुने सवारी दुर्घटनाका साथै विभिन्न खालका साना-ठुला दुर्घटनाका घाईते र बिरामीहरूलाई समेत तत्काल प्राथमिक उपचार गर्न र विशेष खालका बिरामिहरूको थप उपचारका लागि ठुला अस्पतालमा सिफारीस गर्ने सम्मको काम गर्नको लागी २५ शैयाको सरकारी अस्पताल संचालनमा ल्याऊनु आवस्यक छ माग पत्रमा भनिएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाइ बोधार्थ बनाइ उपमहानगरपालिका मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री लाई सम्बोधन गरी लेखिएको मागपत्रमा जितपुरसिमरा उपमहानगरपालिका भैसक्दा पनि उपमहानगरपालिकाको मापदण्ड अनुसार यहा कमसेकम २५ शैयाको अस्पताल आवस्यक छ । सामान्य बिरामिहरूको उपचारका लागी बिरगंज वा अन्यत्र लानु पर्ने अवस्था लाई हटाउनु आवस्यक छ । तसर्थ सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई सिमरा अस्पतालमा रुपान्तरण गर्दै विशेषज्ञ चिकित्सकको व्यवस्था गरी आकस्मिक सेवा सहित २५ शैय्याको अस्पताल सञ्चालनका लागि यसै निवेदन द्वारा माग गर्दछौ आज बुझाइएको माग पत्रमा भनिएको छ ।
पत्र ग्रहण गर्दै जितपुर सिमरा उपमहानगरपालिका कि उपप्रमुख सरस्वती देवी चौधरीले सरोकार समितिले उठाएको यो विषय अत्यन्त जायज भएको ले आगामी कार्यपालिकाको बैठकमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो उहाँले आवश्यक परे मन्त्रालयसम्म डेलिगेशन गएर नगरअस्पताल निर्माण गर्ने स्पष्ट पार्नुभयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेलले दुर्गम गाउँमा समेत अस्पताल बनेको स्मरण गर्दै जितपुर सिमरा उपमहानगरपालिका भित्र अस्पताल नहुँदा नागरिकलाई पीडा भएको आफुले महसुस गरेकोले अस्पताल निर्माणको प्रक्रियालाई अगाडि बढाउने जानकारी दिनुभयो । जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले उपमहानगरपालिकाले स्वास्थ्य शिक्षा र सरसफाईमा ध्यान दिनुपर्ने उल्लेख गर्दै स्थानीय सरकार नागरिकको स्वास्थ्यप्रति गैर जिम्मेवार भनेको आफूलाई महसुस भएकोले नागरिकका समस्याहरु सम्बोधन गर्नका लागि आफूहरुले अस्पतालको बिषयलाई लिएर नगरपालिका समक्ष आएको स्पष्ट पार्नुभयो । संयोजक पौडेलले नगरपालिकाले इच्छाशक्ति देखाए तत्कालै स्वास्थ्य केन्द्र सिमराले अस्पतालले दिने सेवा नागरिकलाई दिन सक्ने स्पष्ट पार्नुभयोभयो । सो अवसरमा समितिका संयोजक मनोज पौडेल, सदस्यहरु छबिलाल शर्मा, कर्णबहादुर थापा, नारायण प्रसाद घिमिरे, रमेश सापकोटा, बिदुर खडका, नेकपा का नेताहरु देवनारायण चौधरी,मुस्लिम अंसारी,सञ्चारकर्मी रंजन यादव लगायतको उपस्थित रहेको थियो ।

२६ मंसिर २०७७, शुक्रबार १६:५८  मा प्रकाशित

Write your Comment