नेकपाको फत्तेपुरमा अगुवा कार्यकर्ता भेला सम्पन्न

३ पुष २०७७, शुक्रबार १७:२३ प्रकाशित

बारा ३ पौष :
नेकपा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११,१२ र १३ को अगुवा कार्यकर्ता भेला बाराको फत्तेपुरमा सम्पन्न भएको छ । भेलामा नेकपाका केन्द्रीय सदस्यहरु बलविर प्रसाद चौधरी, ज्वाला साह, पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल,नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, जिल्ला सचिव तथा प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्मा, प्रदेश कमिटी सदस्यहरु जयराम दाहाल, सिता गुरुङ ,हरि प्रसाद चौलागाई,गिता कंडेल,राजन पौडेल,नेकपा बाराका नेता तथा जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल, उपप्रमुख सरस्वती देवी चौधरी,नेकपा बाराका नेताहरु मनोज पौडेल,अध्यानन्द पाण्डे, इश्वर ढकाल, कृष्ण खनाल,प्रेम बराल,भरत भण्डारी,वडा नम्बर ११का अध्यक्ष बिनोद यादव,१३ का अध्यक्ष राजेन्द्र सिहं चौधरी, रबिन्द्र साह, कन्हैयालाल चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । बक्ताहरुले पार्टीले जनताको चाहना बुझेर काम गर्नु पर्ने कुरामा जोड दिएका थिए ।कार्यक्रम फुलेना यादवको अध्यक्षतामा बडेलाल बछारको सहजीकरण र बिन्दा साहले स्वागत गर्नुभएको थियो ।

३ पुष २०७७, शुक्रबार १७:२३  मा प्रकाशित

Write your Comment