सुन्दर बिकद्वारा ओली समुहको केन्द्रीय सदस्य अस्वीकार

२०७७ पौष ८, बुधबार प्रकाशित

नेकपा बाराका सचिव सुन्दर बहादुर बिश्वकर्माले आफुलाई प्रधानमन्त्री के पि ओली समुहको केन्द्रीय कमिटी सदस्य बनाइएकोमा सो पद अस्वीकार गर्नु भएको छ । आज बाराको सिमरामा बिज्ञप्ति जारी गर्दै आफु नेकपाको प्रदेश नम्बर २ को सदस्य र जिल्ला कमिटी बाराको सचिवको महत्वपूर्ण जिम्मेवारीमा रहेको हुँदा उक्त समुहको केन्द्रीय सदस्य पद अस्वीकार गरेको घोषणा गर्दछु बिज्ञप्तिमा भनिएको छ । साथै दुरासययुक्त निर्णय र प्रचारको खण्डन गर्दछु । साथै पार्टी कार्यकर्ता र आम जनसमुदायमा भ्रममा नपर्न आग्रह गर्दे एकताबद्ध संगठन लाइ कायम राख्न अबिचलित रहन अनुरोध गर्दछु बिकद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

कमलेश झा र कल्याणी चौधरी द्वारा पनी केन्द्रीय सदस्य अस्वीकार
नेकपा प्रदेस नम्बर २ का सदस्यहरु अमलेस झा र कल्याणी चौधरी ले पनि आफुहरु केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा नबस्ने घोषणा गर्नुभएको छ । कमलेस झाले बिज्ञप्ति जारी गरेर र कल्याणी चौधरीले सामाजिक संजाल मार्फत सो घोषणा गर्नु भएको हो ।

Write your Comment