बहुमत सदस्यहरुको हस्ताक्षर सहित प्रचण्ड  र नेपाल समूहद्वारा निर्वाचन आयोगमा दल दर्ता

८ पुष २०७७, बुधबार १७:१७ प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकताका लागि अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड  र वरिष्ठ नेता माधवकुमार नेपाल समूह निर्वाचन आयोग दर्ता गरेको छ।
नेकपाको कुल ४४१ केन्द्रीय सदस्य मध्ये २९० जनाको नामसहित निर्वाचन आयोगमा दर्ता गरेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए। २ सय ९० केन्द्रीय सदस्यको नाम भए पनि ३ जना उपत्यकाबाहिर रहेकाले २ सय ८७ जनाको हस्ताक्षर मात्रै समावेश भएको उनले बताए।
प्रचण्ड नेपाल पक्षले मंगलबार बसको केन्द्रीय कमिटीको बैठकमा ३ सय १५ जनाको हस्ताक्षर भएको दाबी गरेको थियो। नेकपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेश गरेका हुन्।
नेकपाको आधिकारिकता को लागि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि आफ्नो दाबी गरिरहेको छ। दुवै पक्षले यस बारेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराइ सकिएको थिए।
यसअघि मंगलवार ओली पक्षले ४४१ सदस्यमा ५५६ सदस्य थप गरी निर्वाचन आयोगमा जानकारी पठाएका थिए। अर्को तिर प्रचण्ड नेपाल समूहले मंगलवार नै पार्टीको केन्द्रीय कमिटीको बैठकबाट ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो। अर्को अध्यक्षमा नेता नेपाललाई चयन गरेका छन्।
यता बुधबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई संसदीय दलको नेता समेत चयन गरेको छ। बैठकमा प्रचण्ड–नेपाल समूहमा ९३ जना प्रतिनिधि सभा र २४ जना राष्ट्रिय सभा सदस्य उपस्थित भएका छन्। बहुमतका लागि प्रतिनिधिसभामा ८८ जना सदस्य आवश्यक पर्छ। आजको बैठकको उपस्थितिलाई हेर्दा प्रधानमन्त्री ओली संसदीय दलमा पनि अल्पमतमै छन्।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको आन्तरिक विवादको कारणले नेकपा विभाजनको अन्तिम चरणमा पुगेको छ। दुवै पक्षले नेकपा र चुनाव चिह्न सूर्य दाबी गरिरहेका छन्। बहुमतको आधारमा प्रचण्ड पक्षले चुनाव चिह्नमा आफ्नो दाबी गरिरहे पनि अहिलेसम्मको निर्वाचन आयोगमा ओलीकै हस्ताक्षरबाट भएको हुनाले आधिकारिकता आफ्नो हुने पक्षमा ढुक्क छन्

८ पुष २०७७, बुधबार १७:१७  मा प्रकाशित

Write your Comment