संसद विघटनविरुद्ध नेकपाका अध्यक्ष प्रचण्ड र नेपाल सडकमा

१० पुष २०७७, शुक्रबार १०:३६ प्रकाशित

काठमाडौं १० पौष :
संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।
‘हामी जिउँदै छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षहरु प्रचण्ड, माधव नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ ।
नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ ।

१० पुष २०७७, शुक्रबार १०:३६  मा प्रकाशित

Write your Comment