संसद विघटन प्रकरण : संवैधानिक इजलासमा को–को न्यायाधीश परे ?

१० पुष २०७७, शुक्रबार ११:२९ प्रकाशित

काठमाडौं १० पौष :
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् ।
सामाान्यतया वरिष्ठताक्रम पालना गरेर संवैधानिक इजलास गठन गरिने गरिन्थ्यो । तर प्रधानन्यायाधीश जबराले यो पटक न्याय परिषद्ले उपलब्ध गराएको १४ न्यायाधीशको रोष्टरबाट न्यायाधीश छनोट गरेका छन् । जबराले आफूपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र मीरा खड्कालाई इजलासमा पारेका छैनन् ।
सरकारले गत मंगलबार संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो । त्यसविरुद्ध परेका दर्जन बढी रिटमा प्रारम्भीक सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले संवैधानिक इजलासमा पठाएको थियो ।

१० पुष २०७७, शुक्रबार ११:२९  मा प्रकाशित

Write your Comment