बितेको २४ घण्टामा ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२०७७ पौष १७, शुक्रबार प्रकाशित

बितेको २४ घण्टामा ५ हजार २ स २५ जनामा पिसिआर परीक्षण गर्दा ४ सय २६ मा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना पुष्टि भएको हो।

आज यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

बितेको २४ घण्टामा  ७ सय ४८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Write your Comment