शहरी बिकास मन्त्री प्रभु साह सवार गाडीले ठक्कर दिँदा हरीवनका एकजना घाइते

१८ पुष २०७७, शनिबार १४:०० प्रकाशित

सर्लाही १८ पौष :
शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ ।
पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।
उनको कम्मर र खुट्टामा चोट लागेको र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिनुभयो। ‘ठक्कर दिएर भागेको गाडी मन्त्रीज्यूकै रहेको खुल्यो’ उहांले भन्नुभयो ।

यसैबीच मन्त्री साहले रौतहटबाट महोत्तरी जाने क्रममा हरिवन चौकमा आफू चढेको गाडीबाट झुक्किएर लडेको र उनलाई केही नभएकाले आफू अगाडि बढेको दाबी गर्नू भएको छ ।

तर ठक्कर दिएर भागेको भन्दै अतिरञ्जित प्रचार भएको र प्रहरीले पनि अफवाह फैलाएको उहांको आरोप छ । साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा ‘मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी “खुलेको” भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दु:खद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ “भनिएको छ ।

१८ पुष २०७७, शनिबार १४:००  मा प्रकाशित

Write your Comment