बारा १९ पौष :
नेकपाका नेता एवं संविधानसभाका सदस्य जयराम दाहाल र सुर्य दाहालकी ममतामयी माता भागिरथा दाहालको १३औं दिनको श्रद्धाञ्जली सभा आज सिमरामा सम्पन्न भएको छ । नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको सभापतित्वमा र नेकपा बाराका नेता मनोज पौडेलको सहजीकरणमा सम्पन्न श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रीय सदस्यहरु गोपाल ठाकुर, दिनेश कुमार राई, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेकपा प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्मा,नेपाली कांग्रेसका नेता तथा संविधानसभाका सदस्य शोभाकर पराजुली,नेकपा प्रदेश कमिटी सदस्यहरु शिवचन्द्र कुशवाह र छबिलाल उप्रेती, जनता समाजवादीका नेता सुसिल यादव लगायतले उहाँले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।
सो अबसरमा संविधानसभाका सदस्य जयराम दाहालले आफ्नो आमाको नाममा अक्षय कोष स्थापना गर्ने जानकारी गराउनुभएको थियो । साथै उहाँले आमाको नामबाट प्रत्येक वर्ष गरीब असाहय जेहेन्दार विद्यार्थीहरुका लागि १५ हजार सम्मको शैक्षिक सामग्री र छात्र वृद्धि उपलब्ध गराउने घोषणा समेत गर्नुभएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)