५८०० नमुना परीक्षण गर्दा ४२१ जनामा कोरोना संक्रमण पुष्टि

१९ पुष २०७७, आईतवार १८:४७ प्रकाशित

काठमाडौं १९ पौष :

बितेको २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् भने १८७८ जनाको मृत्यु भएको छ ।

१९ पुष २०७७, आईतवार १८:४७  मा प्रकाशित

Write your Comment