प्रदेश २ मा नेकपा संसदीय दलको नेतामा महतो निर्वाचित,मण्डल हटाइए

२१ पुष २०७७, मंगलवार १९:५४ प्रकाशित

जनकपुर २१ पौष :
नेकपाले प्रदेश नम्बर २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुघन महत्तो लाइ बनाएको छ ।
यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरीएकोमा मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको हो ।
संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् । नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो ।

मंगलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध दलको नेतामा चयन भएको सांसद गोबिन्दबहादुर न्यौपानेले जानकारी दिए ।

नेकपाको कुल ३२ सांसदमध्ये नेकपा(प्रचण्ड-माधव) समुहका १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । महतोलाई दलको नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर संकलन गरिएको सांसद न्यौपानेले बताए ।

२१ पुष २०७७, मंगलवार १९:५४  मा प्रकाशित

Write your Comment