बितेको २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२२ पुष २०७७, बुधबार १७:३३ प्रकाशित

काठमाडौं २२पौष :

बितेको २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा १४४ महिला र २६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १८९९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२२ पुष २०७७, बुधबार १७:३३  मा प्रकाशित

Write your Comment