नेकपा जितपुरसिमराको कार्यकर्ता भेला सम्पन्न

२३ पुष २०७७, बिहीबार १६:५३ प्रकाशित

बारा २३ पौष :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को जितपुर सिमरा उपमहानगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला बाराको सिमरामा सम्पन्न भएको छ । उपमहानगर कमिटी अध्यक्ष कृष्ण खनालको अध्यक्षता र नेकपाका केन्द्रीय सदस्य, प्रदेश नम्वर २ का सह इन्चार्ज तथा पुर्व मन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै पासवानले केपी शर्मा ओलीले संसद बिघटन गरेर असंवैधानिक कार्य गरेको बताउदै संसद पुनःस्थापना भएरै छाड्ने स्पष्ट पार्नुभयो । उहाले ठुला ठुला तानाशाह लाइ जनताको आन्दोलनले परास्त गरेको स्मरण गर्दै तानाशाही प्रवृत्ति नदेखाउन चेतावनी दिनुभयो । नेकपाका नेता तथा पुर्व मन्त्री पुरुशोतम पौडेलले प्रतिनिधि सभाको बिघटनले जनताको भावना माथि ठेस पुर्याएको उल्लेख गर्दै जनताको भावना अनुसार प्रतिनिधि सभा पुनर्स्थापना हुने दाबि गर्नू भयो । उहांले कम्युनिष्ट पार्टीको सरकार जनताको समस्या समाधानमा लाग्नु पर्नेमा प्रधामन्त्री ओलीले त्यसो नगरेर स्वार्थमा लागेको दाबि गर्नु भयो । कार्यक्रममा केन्द्रीय सदस्य दिनेश राई, नेकपा,जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ,प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा,सबिधान सभाका सदस्य जयराम दाहाल,नेकपाका नेताहरु गिता कडेल,सीता गुरुङ,बिभा कार्की,राजन पौडेल, देवनारायण चौधरी,मनोज पौडेलगायकाको सहभागी रहेको थियो। कार्यक्रमको सहजीकरण मिन प्रसाद आपागाइ र स्वागत अर्जुन चिमरीयाले गर्नुभएको थियो ।

२३ पुष २०७७, बिहीबार १६:५३  मा प्रकाशित

Write your Comment