बितेको २४ घण्टामा ५५४ जनामा कोरोना संक्रमण पुष्टि

२४ पुष २०७७, शुक्रबार १७:०६ प्रकाशित

बितेको २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार २६९ नमुना परीक्षण गर्दा १८८ महिला र ३६६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने १९०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ पुष २०७७, शुक्रबार १७:०६  मा प्रकाशित

Write your Comment