प्रभात फेरी दुग्ध सहकारी सिमराको ९ औ साधारणसभा सम्पन्न

२५ पुष २०७७, शनिबार २२:०१ प्रकाशित

बारा २५ पौष :
प्रभातफेरी दुग्ध सहकारी संस्था लि सिमराको ९ औ साधारणसभा सिमरामा सम्पन्न भएको छ । साधारण सभाको जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले उद्धघाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले सहकारी क्षेत्रको विकासको लागि आफु प्रताबद्व रहेको स्पष्ट पार्नुभयो ।उहाले उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले आफ्नो संस्थाको तर्फबाट ढुवानी साधन खरिद गर्नका लागि रकम उपलब्ध गराएको जानकारी दिदै सक्दो सहयोग रहने जानकारी गराउनुभयो । कार्यक्रममा बोल्दै जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले पशुपालक किसानलाई लागि सहुलियत प्याकेज ल्याउन उपमहानगरपालिका संग आग्रह गर्नुभयो । उहांले दुग्ध किसानले झेल्नुपरेको समस्याहरु समाधानमा लाग्न आग्रह समेत गर्नुभयो ।
सहकारी संस्थाका अध्यक्ष नलिन्द्र बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनकल्याण सहकारीका अध्यक्ष मधुसुधन सिटौला, जितपुर सिमरा उपमहानगरपालिका कार्यपालिकाकी सदस्य शोभा कार्की, भिमेश्वर बनेका अध्यक्ष पेशल मुल्मी,राधाकृष्ण बनका अध्यक्ष सत्य श्रेष्ठ, जनजागरण बनका अध्यक्ष तारा बहादुर कार्की,मूसर्नीमाइ बनका अध्यक्ष कुबेर न्यौपाने,वडा सदस्य हरु रामचन्द्र अधिकारी,चिनिमाया परीयार,मधुकर अधिकारी लगायतले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण रबिन्द्र खकुरेलको र लेखनाथ खतिवडाले स्वागत गर्नुभएको थियो ।

२५ पुष २०७७, शनिबार २२:०१  मा प्रकाशित

Write your Comment