प्रधानमन्त्री ओलीले मुलुकलाइ संकटको भुमरीमा धकेले-स्थायी कमिटी सदस्य पौडेल

२७ पुष २०७७, सोमबार ०७:१४ प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) कलैया उपमहानगर पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम मदन आश्रित स्मृति भवन कलैया को प्रांगणमा आइतवार सम्पन्न भएको छ । नेकपाका कलैया उपमहानगर अध्यक्ष तथा जिल्ला कमिटी सदस्य जवाहिर अंसारिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम लाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधान मन्त्री केपी ओलि संधियता बिरोधी भएका कारण संबिधान उलंघन गरेर देशलाई संकटको भुमरीमा धकेलेको आरोप लगाउनुभयो । उहांले मनपरी गर्न नपाएपछी संसद बिघटन र पार्टी बिभाजन गरेको बताउनुभयो।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री पुरुषोत्तम पौडेलले जनताको चाहना ३ बर्षमा पुरा गर्न नसक्ने देखिएपछि प्रधानमन्त्री ओली ले संसद बिघटन गरेको दाबी गर्नु भयो । उहांले भन्नुभयो “ओलीजीले पानी जहाज ल्याउने,घर घरमा ग्यास पाइप पुर्याउने सपना देखाउनु भयो पुरा हुने अवस्था रहेन, दुई वटा रेल पनी जनकपुरमा थन्किएर बसेको छ जनतामा बाडेको सपना पुरा गर्न नसक्ने देखिएपछि संसद बिघटन गर्नू भयो ।” सोही भेलामा बोल्दै केन्द्रिय सदस्य तथा बारा सह इन्चार्ज गोपाल ठाकुरले संविधानको कुनै धारामै न भएको कार्य केपीले गरेको र त्यसको घोर भर्त्सना गर्ने आम नागरिकको अवाज दबाउन खोजिदैछ त्यो कहिले मान्न्य नहुने स्पष्ट पार्नुभयो । नेकपा केन्द्रीय सदस्य दिनेश राईले ओली सरकारको असंवैधानिक कदमका बिरुद्ध र संसद पुनःस्थापनाका पक्षमा एकजुट भएर लाग्न कार्यकर्ता हरुलाइ आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ र छठु यादवले पनी सम्वोधन गर्नु भएको थियो ।
मुकेस साहको सहजीकरणमा सम्पन्न कार्यक्रममा महमद समिउल्लाहले स्वागत गर्नुभएको थियो ।

२७ पुष २०७७, सोमबार ०७:१४  मा प्रकाशित

Write your Comment