बितेको २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

२९ पुष २०७७, बुधबार १७:१२ प्रकाशित

नेपालमा बितेको २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ सय १४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ३४ जना पुगेको छ ।
२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

२९ पुष २०७७, बुधबार १७:१२  मा प्रकाशित

Write your Comment