बितेको २४ घण्टामा ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि/६ जनाको मृत्यु

१ माघ २०७७, बिहीबार १६:५४ प्रकाशित

काठमाडौं १ माघ :

बितेको २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३२ जनामा गरिएको परीक्षणमा २४२ जना पुरुष र १६१ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएकोछ भने कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएकोछ ।
तीमध्ये २४६ जना काठमाडौं उपत्यकाका रहेका छन् । उपत्यकामा काठमाडौं जिल्लामा २२०, ललितपुरमा २३ र भक्तपुरमा ३ जना रहेका छन् । उपत्यकाबाहिर बाँके र कास्कीमा ३२/३२ जना र नुवाकोटमा ११ जना भेटिएका छन् । संक्रमित भेटिएका अन्य जिल्लामा भने १० जना भन्दा कम छन् ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । तीमध्ये २ लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन् भने १९४३ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४४२६ रहेको छ । तीमध्ये ११२४ जना संस्थागत आइसोलेसनमा, १५२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ४०५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ माघ २०७७, बिहीबार १६:५४  मा प्रकाशित

Write your Comment