प्रधानमन्त्रीलाई न्यायाधीशले भेटेको भन्दै निवेदकले संबैधानिक इजलासमा उठाए प्रश्न

२ माघ २०७७, शुक्रबार १६:४६ प्रकाशित

काठमाडौं २ पौष :

संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले सोही सिफारिसमा संसद् विघटन गरेको विषयमा सोही विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बेला न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै एकजना रिट निवेदकले असन्तुष्टि जनाउँनु भएको छ ।

रिट निवेदक तथा विघटित प्रतिनिधिसभा सदस्य शशी श्रेष्ठले पुस २६ र २७ गते ४ न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमा कुरा राख्नु भएको हो ।

उहांले मुद्दा चलिरहेको बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा रहेका न्यायाधीशहरुले भेट्नुले गम्भीर प्रश्न् उठेको बताउनुभयो । उहांले संवैधानिक इजलासमा भन्नुभयो ‘न्यायाधीशहरु सपना प्रधान मल्ल, दिपक कार्की, मिरा खड्का र हरिकृष्ण कार्कीले प्रधानमन्त्रीलाई भेट्नु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत छ।’यस्ता गतिविधिले जनतामा न्यायालयप्रति विश्वास टुट्ने श्रेष्ठको भनाइ थियो ।

प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले यस्ता कुरा इजलासमा नराख्न आग्रह गर्नुभएको थियो ।

२ माघ २०७७, शुक्रबार १६:४६  मा प्रकाशित

Write your Comment