बितेको २४ घन्टामा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२ माघ २०७७, शुक्रबार १७:०२ प्रकाशित

बितेको २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण गरीएको छ ।

प्राप्त अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३९० जना निको भएर घर फर्किएका छन् ।

हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत रहेको छ ।

२ माघ २०७७, शुक्रबार १७:०२  मा प्रकाशित

Write your Comment