नेकपा बाराद्वारा ५०१ सदस्सिय संघर्ष समिती गठन

५ माघ २०७७, सोमबार १९:५२ प्रकाशित

बारा ५ माघ :
नेकपा जिल्ला कमिटी बाराको बैठक मदन-आश्रित स्मृति भवन कलैयामा सम्पन्न भएको छ । बैठकले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको विघटन गरेर मुलुकमा प्रतिगमन निम्त्याएको भन्दै त्यसका विरुद्धमा माघ ९ गते काठमाडौंमा हुने जन सभामा बाराबाट ब्यापक जनसहभागिता जुटाउने निर्णय गरेको छ । त्यसैगरी बारा जिल्लामा प्रतिगमनका विरुद्धमा आन्दोलन संचालन गर्नका लागि जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ को संयोजकत्वमा ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको नेकपा बाराका नेता मनोज पौडेलले जानकारी दिनुभयो । जिल्ला कमिटी अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षता र सचिव सुन्दर बिकको सहजिकरणमा सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरु गोपाल ठाकुर र दिनेश कुमार राईले प्रतिगमनका विरुद्धमा लाग्न जिल्ला कमिटी सदस्यहरुलाई आह्वान गर्नुभएको थियो ।
कुल १६५ सदस्सिय कमिटीमा जिल्ला कमिटी अध्यक्ष र सचिव सहित १३५ जना उपस्थीती रहेको थियो भने केहि जिल्ला सदस्यहरु पर्ख र हेरको अवस्थामा रहेका छन । बाराबाट प्रतिनिधित्व गर्ने २१ जना प्रदेश कमिटी सदस्य मध्ये १८ जना बैठकमा सहभागी रहेका थिए । आजको उपस्थितिले बारामा नेकपा ( दाहाल-नेपाल )समुह नै शक्तिशाली देखिएको छ ।

५ माघ २०७७, सोमबार १९:५२  मा प्रकाशित

Write your Comment