बितेको २४ घण्टामा ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

८ माघ २०७७, बिहीबार १९:४६ प्रकाशित

काठमाडौं ८ माघ :

बितेको २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार ३० नमुना परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । उनीहरुमध्ये २ लाख ६२ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् भने १९७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८ माघ २०७७, बिहीबार १९:४६  मा प्रकाशित

Write your Comment