राजपत्रको आधिकारिकताबारे आजको इजलासमा उठ्यो प्रश्न

११ माघ २०७७, आईतवार १२:३१ प्रकाशित

काठमाडौं ११ माघ :
प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा छापिएको बारे नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्रीलगायतले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रश्न उठाउनुभएको छ ।
केहिबेर अगाडी सुनुवाइ सुरु हुनेबित्तिकै निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रश्न उठाउनुभएको हो ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएको र माघ ८ गते राति छापेर माघ ९ गते शुक्रबारको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले पेस गर्नू भएको थियो ।

माघ ७ गतेको इजलासमा अधिवक्ताहरू ‌ओमप्रकाश अर्याल, टीकाराम भट्टराईलगायतले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा जारी नभएको भन्दै प्रश्न उठाउनुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने उक्त विषय इजलास प्रवेश गर्न नसक्ने बताउनुभयो ।

११ माघ २०७७, आईतवार १२:३१  मा प्रकाशित

Write your Comment