बितेको २४ घण्टामा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि/मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

११ माघ २०७७, आईतवार १८:४४ प्रकाशित

काठमाडौं ११ माघ :

बितेको २४ घण्टामा २७० जनामा कोरोना भाइरको संक्रमण पुष्टि छ । यो संगै हालसम्म नेपालमा २ लाख ६९ हजार ४ सय ५०जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या २ हजार १ जना पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४०३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ३ सय १२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४३ हजार २ सय ५५ परीक्षणहरु गरिएका छन् ।

११ माघ २०७७, आईतवार १८:४४  मा प्रकाशित

Write your Comment