काठमाडौं १५ माघ :
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचन प्रयोजनका लागि शुक्रबार उपस्थित हुन बोलाएको छ ।
दुवै समूहका अध्यक्ष आफैं वा निजले तोकेका आधिकारिक ५ जना व्यक्तिलाई आयोगले शुक्रबार दिउँसो साढे ११ बजे बोलाएको हो ।
आयोजका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षलाई निर्वाचन प्रयोजन र प्रक्रियाका लागि बोलाएको हो । शुक्रबार नेकपाको विभाजनसम्बन्धी पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेपछि आयोगले दल दर्ता प्रक्रिया चाँडै नै सुरु गर्ने बताएको छ । नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धमा शुक्रबार आयोगमा छलफल हुने बताइएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)