बितेको २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१९ माघ २०७७, सोमबार १७:५६ प्रकाशित

काठमाडौं १९ माघ :

बितेको २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जना संक्रमणमुक्त भएका छन् भने २०२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ माघ २०७७, सोमबार १७:५६  मा प्रकाशित

Write your Comment