बारा र पर्सामा २ दर्जन नेकपाका नेता तथा कार्यकर्ता गिरफ्तार

२२ माघ २०७७, बिहीबार ११:५१ प्रकाशित

कलैया २२ माघ :
नेकपाले आहवान गरेको देशब्यापी आमहडतालका क्रममा बारा र पर्साबाट २ दर्जन भन्दा बढी नेकपाका नेता कार्यकर्ता लाइ प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा नेकपा कलैया उपमहानगर कमिटीका अध्यक्ष जवाहिर अंसारी,नगर सचिव  मुकेश साह युवानेता हरिॐ साह  संदिप यादव  बैजनाथ साह  राजेश पटेल, गण्डक बाट जिल्ला कमिटी सदस्य लालबहादुर पटेल ,त्यसैगरी नेकपाका नेता अरबिन्द सिंह,मनोज चौधरी, बिरगंज महानगरकमिटी अध्यक्ष रहवर अन्सारी,युवानेता अरुण यादव, बिधार्थी नेता प्रभाकर गुप्ता लगायतलाइ पनि बिरगंज बाट प्रहरीले गिरफ्तार गरेको छ ।

२२ माघ २०७७, बिहीबार ११:५१  मा प्रकाशित

Write your Comment