आफनो पालामा खेलाडीका लागि नगद पुरस्कारको व्यावस्था गरेको पुर्व मन्त्री पौडेलको भनाइ

२४ माघ २०७७, शनिबार १९:१९ प्रकाशित

बारा २४ माघ :
नेकपाका नेता तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आफू खेलकुद मन्त्री भएको समयमा अन्तराष्ट्रिय तथा सार्कस्तरीय खेलकुद प्रतियोगितामा बिजय हुने नेपाली खेलाडीहरुका लागि आफूले ३ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको बताउनुभएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४  को हरपुरमा आयोजित राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहांले बताउनुभएको हो । उहाँले खेल र खेलाडीको विकासकोलागि आफूले नयाँ कानुन ल्याएको उल्लेख गर्दै आफ्नो पालामा साठी करोडको बजेटलाई बढाएर ३ अरव पुराएको उल्लेख गर्नुभयो । पुर्व मन्त्री पौडेलले आफनो पालामा सुरुगरेको एक निर्वाचन क्षेत्र एक खेलमैदानको योजना बर्तमान सरकारले निरन्तरता नदिएको प्रति दुख ब्यक्त गर्नु भयो । क्रिकेट क्लवका अध्यक्ष सेराजुल हकको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा संबिधान सभाका सदस्य डा.गोपाल ठाकुर, जयराम दाहाल, प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्मा, सिता गुरुङ, नेकपा केन्द्रीय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, वडा अध्यक्ष इलियास देवान,नेकपाका नेता हरु देवनारायण चौधरी, मनोज पौडेल, कृष्ण खनाल,रोशन यादव, क्रिकेट संघका बारा अध्यक्ष प्रभाव चौरसीया,कवडीका फुलमहमद मंसुर,कपिलदेव पटेल,देवनाथ उपाध्यक्ष,जब्बुल्ला अंसारी लगायतको उपस्थिति रहेको थियो । आज कलैया र गौर बिचमा भएको उद्घाटन खेलमा कलैया ले जितेको थियो ।
२४ माघ २०७७, शनिबार १९:१९  मा प्रकाशित

Write your Comment